रुख ढल्दा गैँडा म-यो

चितवन राष्ट्रिय निकुञ्जमा हावाहुरीले रुख ढल्दा राष्ट्रपति ताल क्षेत्रमा पोथी गैँडा मरेको छ। 

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार गएको सोमबार आएको हावाहुरीपछि ढलेको रुखले गैँडा मरेको अनुमान गरिएको छ।

'गैँडा रुखले थिचेको अवस्थामा आज भेटिएको हो' उनले भने, 'योसँगै चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन क्षेत्रमा कालगती र दुर्घटनाबाट मर्ने गैँडाको सङ्ख्या २६ पुगेको छ।' 

गत वर्ष निकुञ्ज र वन क्षेत्रमा कालगतीबाट ४३ गैँडा मरेका थिए। सो घट्नापछि बिहीबारबाट निकुञ्जमा ‘स्पि अप्रेसन’ गरिँदै छ। ठूलो हावाहुरी आएकाले निकुञ्ज क्षेत्रमा क्षति भएको हुनसक्ने भन्दै अप्रेसन गर्न लागिएको उनले बताए। 

प्रकाशित मिति: : 2020-06-03 21:21:20

प्रतिकृया दिनुहोस्