भारतस्थित नेपाली दूतावासले भन्यो: नेपाल जाने भए यी २० प्रवेशविन्दु जानुस्

भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासले भारतमा रहेका नेपाली स्वदेश फर्कन चाहे सहजीकरण गर्ने भएको छ।

बुधबार एक विज्ञप्ति निकाल्दै दूतावासले सरकारले विदेशमा अलपत्र नागरिक फर्काउने निर्णय गरेअनुसार कोही अप्ठेरोमा परेको भए स्थलमार्गबाट नेपाल जान सकिने जनाएको छ। भारतसँगको सिमानामा तोकिएका २० प्रवेश विन्दुमा प्रवेश गरी क्वारेन्टाइनमा बसेर सम्बन्धित ठाउँमा जान सकिने दूतावासको भनाइ छ।

यसरी प्रवेश गर्दा कुनै समस्या परे आफूलाई सम्पर्क गर्न दूतावासले सम्पर्क नम्बर उपलब्ध गराएको छ।

यी हुन् २० प्रवेश विन्दु:

पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ) कुनौली(सप्तरी) माडर(सिराहा)  भिट्टामोड(महोत्तरी) मलंगवा (सर्लाही) गौर (रौतहट) विरगन्ज (पर्सा) महेशपुर(नवलपरासी पश्चिम) बेलहिया (रुपन्देही) तौलिहवा (कपिलबस्तु) कृष्णनगर (कपिलबस्तु) जमुनाह (बाँके) सुरजपुर, गुलरिया (बर्दिया) गौरिफन्टा(कैलाली)  गड्डाचौकी (कन्चनपुर) झुलाघाट (बैतडी) दार्चुला (दार्चुला)

 

प्रकाशित मिति: : 2020-06-03 23:04:14

प्रतिकृया दिनुहोस्