गण्डकीमा थप १६ जनामा कोरोना पुष्टि , संक्रमितको संख्या ५४ पुग्यो

गण्डकी प्रदेशमा बिहिबार १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा गरिएको परिक्षणमा बाग्लुङका १० जना, पर्वतका ४ जना स्याङ्जा र म्याग्दीका १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमितमा बाग्लुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरूष र वर्ष ३३ का १ जना महिला छन्। बाग्लुङकै बडिगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष छन् भने बाग्लुङकै गल्कोट नगरपालिकाका वर्ष २०, २२ र २३ का ३ जना पुरुष रहेका छन्।

उनीहरु सोही ठाउँहरुमा स्थानीय तहले बनाएको क्वारेनटाइनमा बसेका थिए।

यस्तै, पर्वतको फलेबास नगरपालिका घर भई कुश्मा नगरपालिकाको क्वारेनटाइनमा रहेका वर्ष २१ का दुई जना पुरुष, बिहादी गाउँपालिका घर भई कुश्माकै क्वारेनटाइनमा बसेका बर्ष २४ र २८ का २ जना गरी पर्वतमा ४ जना नयाँ संक्रमित पुष्टि भएका छन्।

म्याग्दीको मंगला गाउँपालकाको क्वारेनटाइनमा रहेका वर्ष १९ का १ जना र स्याङ्जाको कालिगण्डकी गाउँपालिकाको क्वारेनटाइनमा रहेका १८ वर्षिय १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।

योसँगै गण्डकीमा संक्रमितको संख्या ५४ जना पुगेको छ। निको भएर घर जानेको संख्या भने ३ जना रहेका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्ती अनुसार संक्रमित सबैलाई जिल्ला अस्पतालको आइसोलेसनमा रखेर उपचार हुने भएको छ।

 

प्रकाशित मिति: : 2020-06-04 09:42:39

प्रतिकृया दिनुहोस्