भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार नाघ्याे

भारतमा कोरोना भाइरस संक्रमण (कोभिड १९)का कारण मृत्यु हुनेको संख्या ६ हजार नाघेको छ। बुधबार २ सय ५४ जनाको कोभिड १९ का कारण मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ हजार ७९ पुगेको हो।

भारतमा बुधबार एकै दिन ८ हजार ७ सय २३ नयाँ संक्रमित थपिएका छन्। बुधबार महाराष्ट्रमा मात्रै १ सय २२ जनाको ज्यान गएको छ। दिल्लीमा ५० जना, गुजरातमा ३० र तामिल नाडूमा ११ जनाको मृत्यु भएको छ। यता पश्चिम वंगालमा १० जनाको मृत्यु भएको छ।

महाराष्ट्रमा थप २ हजार ५ सय ८७ नयाँ कोरोना संक्रमित थपिएका छन्।  भारतको उत्तर प्रदेशमा बुधबार थप १ सय ४१ नयाँ संक्रमित भेटिएका छन्। 

यता दिल्लीमा १५ सय १३, तामिल नाडूमा १२ सय ८६ थपिँदा गुजरातमा ४ सय ८५ नयाँ कोरोना संक्रमित भेटिएका छन्।

यससँगै भारतमा कोरोना संक्रमितको कूल संख्या २ लाख ९ हजार ४ सय ६८ पुगेको छ। भारतमा ठीक भएका संक्रमितको संख्या १ लाख ३ हजार ९ सय ८४ रहेका छन्। 

प्रकाशित मिति: : 2020-06-04 09:49:22

प्रतिकृया दिनुहोस्