खोटाङका थप तीन जनामा कोरोना संक्रमण पुष्टि

खोटाङका थप तीन जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा बिहिबार थप तीनजनालाई कोरोना संक्रमण भएको पुष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा. शैलेस श्रेष्ठले जानकारी दिए।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या चार पुगेको छ। पछिल्लो कोरोना संक्रमण हुनेमा हलेसी तुवाचुङ नगरपालिका–१ डिकुवाका दुई युवा र हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका एक पुरूष छन्।

यसअघि हलेसी तुवाचुङ नगरपालिकाकै एक २० वर्षीय युवालाई कोरोना संक्रमणको पुष्टि भएको थियो।

काठमाडौंबाट गत वैशाख १२ गते घर आएका संक्रमित युवाको कन्ट्याक्ट ट्रेसिङका आधारमा उनीसँगै यात्रा गरेका एवं भारतबाट आएका ३३ जनाको स्वाब संकलन गरेर जेठ १७ गते पिसिआर परीक्षणका लागि बिराटनगर पठाइएकामा बिहिबार पोजिटिभ रिपोर्ट आएको डा. श्रेष्ठले बताए । 

पिसिआरबाट कोरोना संक्रमण भएको पूष्टी भएपछि हाल उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-04 14:06:04

प्रतिकृया दिनुहोस्