कर्णालीमा थपिए १०६ जना काेराेना संक्रमित

कर्णालीमा बिहिबार एकैपटक १०६ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ। जसमा १०५ जना दैलेखका र १ जना मुगुका रहेकाे कर्णाली स्वास्थ स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले जनाएको छ।

प्रतिष्ठानमा बिहिबार दिउसो सम्ममा गरिएको पीसीआर परीक्षणमा १०६ जनामा संक्रमण देखिएको हाे।  

मुगुको खत्याडका एक जना पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको छ भने दैलेखेको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिलामा कोरोना पोजिटिभ देखिएको छ। 

त्यस्तै देवलकांडा का १२ जना पुरुष, सोत का ९ जना पुरुष, मानटाकुराका ७ जना पुरुष, साडुका २ जा पुरुष, भवानी का ५ जनाप पुरुष र बासकोटका १ जना पुरुष रहेका छन्। 
 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पीसीआर प्रयोगशालाको नतिजा अनुसार कोभिड–१९ का पुष्टी भएका संक्रमितको संख्या २ सय १३ पुगेको छ।

प्रकाशित मिति: : 2020-06-04 14:43:46

प्रतिकृया दिनुहोस्