ट्रम्पले झुठो द्वन्द्व सिर्जना गरेको पूर्व रक्षामन्त्री म्याटिसको भनाई

अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच “झुठो द्वन्द्व” सिर्जना गर्ने किसिमको बताएका छन् । 

सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन् २०१८ डिसेम्बरमा  राजीनामा गरेका म्याटिसले भने, “मैले यो साताका घटनाक्रमलाई नियालीरहेको छु, र यसबाट मलाई क्रुद्ध बनाएको छ ।”

राष्ट्रपति ट्रम्पका विरुद्धमा यसअघि उनले कुनै पनि प्रतिक्रिया दिन चाहनु भएको थिएन । तर प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोएडको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनबीच म्याटिसले आफ्नो भनाई सार्वजनिक गरेका हुन् । 

म्याटिसको भनाई सार्वजनिक भएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेम्स म्याटिसलाई चाहिनेभन्दा बढी महत्व दिइएको प्रतिक्रिया दिए । 

उनले मलाई म्याटिसको नेतृत्व गर्ने शैली बिल्कुलै चित्त बुझेको छैन भनेका छ । 

म्याटिसले अगाडि भनेका छन्, “डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एकताबद्ध गराउन कहिल्यै प्रयास गरेको मैले पाइनँ । उन हामीलाई विभाजन गर्न चाहनु हुन्छ । हामीले तीन वर्षदेखि यही शैली पाएका छौं । हामीले ट्रम्पबाट परिपक्व नेतृत्व नै पाउन सकेनौं ।” 

म्याटिसले ट्रम्प बाहेक अरु अमेरिकीहरु एकताबद्ध हुन पनि आह्वान गरेका छन् । प्रदर्शनकारीका बारेमा प्रतिक्रिया दिँदै म्याटिसले ठूलो संख्याका नागरिकले कानुन बमोजिम समान न्याय पाउनुपर्नेमा जोड दिएका छन् ।  

प्रकाशित मिति: : 2020-06-04 15:32:36

प्रतिकृया दिनुहोस्