५ मर्यादापालक र राज्यमन्त्रीका स्वकीय सचिवमा कोरोना संक्रमण, प्रदेशसभा बैठक स्थगित

प्रदेश २ को प्रदेशसभा कार्यरत ५ जना मर्यादापालक र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीका एकजना स्वकीय सचिव गरी ६ जनामा कोरोना भाइरसकाे संक्रमण भएको पुष्टि भएको छ। 

प्रदेशसभा बैठक बस्नुपूर्व जेठ १६ गते सुरक्षाकर्मी, कर्मचारी, मन्त्रीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यहरुको समेत गरी ३ सय ४४ जनाको स्वाब संकलन भएको थियो। 

प्रदेशसभा बस्नुपूर्व नै प्रदेशसभा सदस्यहरुको रिपोर्ट आएपछि बुधबारदेखि प्रदेशसभाको चौथो अधिवेशन बैठक सुरु गरिएको थियो। तर आज मर्यादापालक र स्वकीय सचिवको रिपोर्ट आएपछि प्रदेशसभा बैठक नै अनिश्चितकालिन लागि बैठक स्थगित गरिएको सभामुख सरोजकुमार यादवका प्रेस संयोजक प्रभाकर सिंहले जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-04 17:10:56

प्रतिकृया दिनुहोस्