'बन्दाबन्दी खुकुलो पारेर आर्थिक चलयमान गर्नुपर्छ'

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसँग भेट गरी सुरक्षाका उपाय अपनाइ बन्दाबन्दीलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव दिएका छन्।
 
उनले तीन जिल्ला प्रमुख जिल्ला अधिकारीसँग आज भेट गरी कोभिड–१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाई बन्दाबन्दीलाई खुकुलो पारेर व्यवसायलाई आर्थिक चलयमान गर्नुपर्ने सुझाव पेश गरेका हुन्। 

उनले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र सुरक्षाकर्मीसित भेट गरेर उक्त सुझाव दिएका हुन्।

उक्त सुझावलाई सकारात्मक रुपले लिन र सबै सुझावलाई लिएर नयाँ मोडालिटी बनाएर यसबाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाइ बन्दाबन्दीलाई खुकुलो बनाइने प्रमुख जिल्ला अधिकारीको भनाइ छ। 
 

प्रकाशित मिति: : 2020-06-04 18:16:49

प्रतिकृया दिनुहोस्