झोलुङ्गे पुलको ताला खुल्ला 

बर्दियाको मधुवन र बारबर्दिया नगरपालिका जोड्ने कुसुम्बा घाटको झोलुङ्गे पुलको ताला खुलेको छ।

पुलमा लगाइएको ताला खुलेपछि बारबर्दियाका कृषकलाई तरकारी बिक्रीवितरणमा सहज भएको नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले जानकारी दिए। यस क्षेत्रको मुख्य बजार मधुवन नगरपालिकाको हाट बजार हो।

'तरकारी बिक्री गर्न समस्या भएको कृषकले गुनासो गरेपछि बुधबार ताला खोलिएको हो' प्रमुख थारुले भने, 'खुल्ला सिमानासँग जोडिएको र व्यापार व्यवसायका लागि आउनेको भीड बढेपछि गत चैत १९ गते पुलमा ताला लगाएको थियो।' 
 

प्रकाशित मिति: : 2020-06-04 18:32:13

प्रतिकृया दिनुहोस्