तरकारी तथा फलफूल नष्ट गर्नेलाई कारबाही गर्न निर्देशन

बिएल संवाददाता

काठमाडाै‌ं

प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारी तथा फलफूल नष्ट गर्नेलाई कारबाही गर्न निर्देशन दिएको छ ।

समितिको बिहीबार बसेको बैठकले गृह, कृषि र उद्योग मन्त्रालयललाई विभिन्न निर्देशन दिँदै फलफूल तथा तरकारी नष्ट गर्नेलाई कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।

‘कोभिड १९ को समयमा फलफूल तथा तरकारी नष्ट गर्नेलाई कानुन बमोजिम कारबाही गर्नू र  यस्ता वस्तुको ढुवानी तथा बिक्रि वितरणम सहजीकरण गर्नू,’ समितिले गृह मन्त्रालयलाई दिएको निर्देशनमा भनिएको छ ।

 

प्रकाशित मिति: : 2020-06-04 18:35:43

प्रतिकृया दिनुहोस्