चितवनमा चेपाङ बालिकाको उपचार निःशुल्क

चितवन मेडिकल कलेजले एक महिनादेखि उपचाररत कालिका नगरपालिका–१० सिद्धिकी आठ वर्षीया सदीक्षा चेपाङको उपचार निःशुल्क गरेको छ। 

 रु एक लाख ८३ हजार बराबरको खर्च निःशुल्क गरिएको अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले जानकारी दिए। 

 अस्पतालले उपचार खर्च निःशुल्क गरी बुधबार उनलाई डिस्चार्ज गरेको उनले बताए। न्यौपानेले निमोनियाको समस्या भएकी ती बालिकालाई आर्थिक अभाव भएको भन्दै अन्य अस्पतालले भर्ना नलिएपछि चितवन मेडिकल कलेजमा ल्याइएको थियो। 

ती बालिकाको परिवारको वर्षमा दुई महिना मात्र खान पुग्ने अन्न उब्जने गरेको गामबेसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष एवं अभियानकर्मी केपीकिरण शर्माको भनाइ छ। 

'१२ दिन अघि अर्को बच्चा जन्मिएको कारण परिवारको आर्थिक अवस्था दयनीय छ' उनले भने, 'बाहिर फार्मेसीमा औषधि खरिद गरेको भुक्तानी अझै गर्न सकेको छैन्।'

प्रकाशित मिति: : 2020-06-04 21:11:29

प्रतिकृया दिनुहोस्