हाइड्रोक्सिक्लोरोक्विन सम्बन्धी अनुसन्धानको सत्यतामाथि प्रश्न, प्रतिवेदनमा जालझेल भएकाे स्वीकार

बिएल संवाददाता

वासिङटन, डिसि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण हुन नदिन तथा संक्रमणमुक्त हुन उपायोगी हुने भन्दै लगातार सुझ्याउँदै आएको औषधिले वास्तवमा संक्रमितको मृत्यु हुने जोखिम नहुने देखाएको छ। 

द लान्सेट जर्नलमा प्रकाशित भएको अनुसन्धान प्रतिवेदनका तीन प्रमुख अनुसन्धानकर्ताले कोरोना भाइरसका संक्रमितलाई हाइड्रोक्सिक्लोक्विन औषधि दिएर उपचार गरिएमा उनीहरुको मृत्यु हुने तथा मुटुको चाल अनियमित हुने जोखिम बढी हुने भन्ने अनुसन्धानको सत्यता वा तथ्यबारे आफूहरुले ठोकुवाका साथ भन्न नसक्ने बताएका छन्।

यसअघि द ल्यानसेट जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदन अनुसार ट्रम्पले सुझाउँदै आएको होइड्रोक्सिक्लोरोक्वीनले बिरामीको मृत्यु हुने जोखिम बढ्ने देखिएको भन्ने उल्लेख थियो। तर ट्रम्पले भने आफू अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित नभएको र हाइड्रोक्सिक्लोरोक्वीनले संक्रमण रोक्न सहयोग गर्ने सोचेर आफूले औषधि खाइरहेको बताएका थिए।

मलेरियाविरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्दा कुनै फाइदा नहुने ल्यानसेटको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियाे ।

तर निष्कर्षसहितको प्रभावशाली वैज्ञानिक अनुसन्धान सम्बन्धी लेख अहिले फिर्ता लिइएको छ। स्वास्थ्य सेवा सम्बन्धी अमेरिकी कम्पनी सरजिस्फेयरले तथ्यांकमा जालझेल गरेको उनीहरुले बताएका छन्। 

सरजिस्फेयरले तथ्यांकको स्वतन्त्र पुनरावलोकन गर्न दिएको छैन, सोही कारण आफूहरु अनुसन्धानको सत्यताको वकालत गर्न असमर्थ रहेको उनीहरुले बताएका छन्।

यो औषधि मलेरियासहित लुपस वा आर्थ्राइटिसको उपचारमा प्रयोग हुँदै आएको हो। तर अहिलेसम्म भएका कुनै पनि क्लिनिकल ट्रायलले हाइड्रोक्सिक्लोरोक्वीनलाई कोरोना भाइरस संक्रमितको उपचारमा प्रयोग गर्न स्वीकृति दिएका छैनन्।

ल्यानसेटले कोरोना भाइरसका ९६ हजार संक्रमितमाथि अनुसन्धान गरेको हो। त्यसमध्ये झण्डै १५ हजारलाई हाइड्रोक्सिक्लोरोक्वीन वा क्लोरोक्वीनको सम्बन्धित औषधि दिइएको थियो। यो औषधि एन्टिबडीसहित वा एन्टिबडी बाहेक दिइएको हो।

अर्को समूहका बिरामीको तुलनामा हाइड्रोक्सिक्लोरोक्वीन दिइएका बिरामीको अस्पतालमै मृत्यु हुने वा मुटुको चाल असामान्य हुने समस्या बढी देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख थियो।

सो अनुसन्धान प्रतिवेदन प्रकाशित भएपछि विश्व स्वास्थ्य संगठनले सावधानी स्वरुप हाइड्रोक्सिक्लोरोक्विनको परीक्षण तत्कालका लागि रोकेको थियो। तर आफ्ना विज्ञहरुको सुझावपछि डब्लुएचओले पुनः अनुसन्धान थालेको छ।

हाइड्रोक्सिक्लोरोक्वीनको हाल अनुसन्धान भने भइरहेको छ कोरोना भाइरसको उपचार वा संक्रमण नियन्त्रणमा यसको प्रभावकारिता हेर्नका लागि। युरोप, अफ्रिका, एसिया तथा दक्षिण अमेरिकाका ४० हजार भन्दा बढी स्वास्थ्यकर्मीलाई यो अनुसन्धान अन्तर्गत हाइड्रोक्सिक्लोरोक्वीन दिइएको छ।

प्रकाशित मिति: : 2020-06-05 06:46:17

प्रतिकृया दिनुहोस्