फलामे बारबाट परपर हेर्दै बस्छन् मान्छे नदेखेर न्यास्रिएका जनावर

सेतोपाटी

काठमाडाै‌ं

यिङ–यिङ र ले–लेबीच सम्भोग नभएको लगभग दस वर्ष नाघेको थियो।

हङकङ 'ओसन पार्क' चिडियाखानाका यी पान्डा जोडीले कोरोना महामारीपछिको लकडाउनमा लसपस गर्ने समय पाए। सायद दिनरात पछ्याइरहने सयौं जोडी मानव–आँखा छलेर यिनले आफ्नो निम्ति सुटुक्क समय निकाल्नै भ्याएका थिएनन्। लकडाउन त्यो समय बनेर आयो।

नेपालमा पनि लकडाउन भएको दुई महिना नाघिसक्यो। जावलाखेलस्थित चिडियाखाना त लकडाउनको पाँच दिनअघिबाटै बन्द भएको थियो। हाम्रा जनावरहरूले लकडाउनमा ती पान्डाजस्तै समय पाए कि? वा, हामी मान्छेलाई 'मिस' गरेर न्यास्रिएका छन्?

यो अनुभव गर्न मलाई चिडियाखानै पुग्न मन थियो। तर, रेखदेखको जिम्मेवारी सम्हालेका राधाकृष्ण घर्तीले नमिल्ने बताएपछि फोनवार्तामै चित्त बुझाउनुपर्‍यो।

प्रकाशित मिति: : 2020-06-05 08:15:53

प्रतिकृया दिनुहोस्