नेपाल कोरोनाका कारण खराब मुलुकको सूचीमा ८५ औं स्थानमा उक्लियाे

बिएल संवाददाता

काठमाडाै‌ं

बिहीबार ३ सय ३४ नयाँ संक्रमित थपिएसँगै नेपाल कोरोनाका कारण खराब मुलुकको सूचीमा ८५ औं स्थानमा उक्लिएको छ। २ सय १५ मुलुक कोरोना संक्रमणबाट गुज्रिरहेका छन्। त्यसमध्ये ९७ मुलुकमा १ हजारभन्दा कम संक्रमित छन्।

तीन दिन अघिसम्म नेपाल एक सयभन्दा माथि नै थियो। नेपालमा अहिलेसम्म २६ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण  देखिएको छ। त्यस्तै अहिलेसम्म ११ जनाको यसैका कारण मृत्यु भएको छ। मृत्यु भएकामध्ये तीन जनामा मात्र मृत्युपूर्व कोरोना संक्रमण रहेको थाहा भएको थियो। बाँकी ८ जनाको मृत्युपछि परीक्षण गर्दा कोरोना देखिएको थियो।

संक्रमितको संख्याका आधारमा  सबैभन्दा खराब अवस्थामा रहेको अमेरिका पहिलो स्थानमा छ भने छिमेकी मुलुक भारत सातौ स्थानमा रहेको छ। भारतमा २ लाख २६ हजार भन्दा धेरै संक्रमित छन्।

अमेरिकामा अहिलेसम्म १८ लाख ७२ हजार ५ सय २८ जना संक्रमित देखिएका छन्। 

ब्राजिलमा ५ लाख ८४ हजार १६ जना संक्रमित छन्। रसियामा ४ लाख ४० हजार ५ सय ३८ जना संक्रमित छन्। रसियामा ४ लाख ४० हजार ५ सय ३८ जना संक्रमित छन्।

 बेलायतमा संक्रमितको संख्या २ लाख ४० हजार ६ सय ६० रहेको छ। 

हालसम्म विश्वभर झण्डै ६७ लाख मानिसहरु संक्रमित भएका छन्। उनीहरु मध्ये ३२ लाख ४२ हजार भन्दा धेरै संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। 

अहिले ३० लाख ५८ हजार भन्दा धेरै संक्रमितको उपचार भइरहेको छ। उनीहरु मध्ये ५५ हजार ४६१ जना गम्भीर अवस्थामा छन्।

प्रकाशित मिति: : 2020-06-05 09:08:28

प्रतिकृया दिनुहोस्