विश्व वातावरण दिवस : गोदावरीमा वृक्षरोपण 

युवा जागरण पर्यावरणीय मञ्चले गोदावरी नगरपालिका वडा नं १४ बाडेगाउँदेखि वडा नं २ गोदामचौर सडकखण्डमा फलफूल र औषधिजन्य वृक्षरोपण गरेको छ। 

मञ्चले ‘विश्व वातावरण दिवस २०७७’ का अवसरमा वातावरणीय सन्तुलनका लागि वृक्षरोपण गरेको मञ्चका अध्यक्ष डा अष्टमान किसी महर्जनले जानकारी दिए। 
 
‘सुरक्षित जीवनका लागि जैविक विविधता’ भन्ने मूल नाराका साथ बाडेगाउँबाट गोदामचौर जाने सडक वरपर ५१२ धुपी, तेजपात, पारिजात, रुद्राक्ष, चाँप र कटुस जातका वृक्षरोपण गरेको उनले बताए। 

'सामाजिक दूरी कायम गर्दै २५ देखि ५० जनासम्म मञ्चका सदस्यलगायत नजिकैका टोलवासी मिलेर उक्त वृक्षरोपण गरेका हौं' उनले भने। विसं २०५१ मा मञ्चको स्थापना भएदेखि आजसम्म २५ वर्ष अघिदेखि सो काम गर्दै आएको उनको भनाइ छ। 
 
लगभग साढे दुई किलोमिटर स्थानमा वृक्षरोपण गरिएको बताउदैं उनले भने, 'गोदावरीवासीले बोटबिरुवा रोप्छाँै भन्ने इच्छा देखाएर माग गरेमा विनाशुल्क जति पनि दिन तयार भएका छौं। हामीले डिभिजन वन कार्यालय ललितपुरसँग समन्वय गरी उक्त निर्णय अघि सारेका हौं।'   अघिल्ला वर्षमा मञ्चले वृक्षरोपणका साथै जनचेतनामूलक विभिन्न कार्यक्रम गरेको थियो। 
 

प्रकाशित मिति: : 2020-06-05 12:16:09

प्रतिकृया दिनुहोस्