प्रहरी निरीक्षकमाथि कुटपिट, बाबुछोरा पक्राउ

इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक मोहनविक्रम केसीमाथि कुटपिट भएको छ । 

बबई गाउँपालिका–६ पञ्चकुले निवासी ४५ वर्षीयचित्रबहादुर डाँगी र उनका छोरा २७ वर्षीय हेमराज डाँगीले बिहीबार राति कुटपिट गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

पञ्चकुलेस्थित भानुभक्त माविको क्वारेन्टाइन अगाडि मादकपदार्थ सेवन गरी होहल्ला गर्दै हिँडेका बाबुछोरालाई सम्झाइबुझाइ गर्ने क्रममा ढुंगा प्रहार गरी घाइते बनाएको प्रहरी निरीक्षक केसीले बताए । 

ढुंगा प्रहारबाट उनको टाउकोमा चोट लागेको छ। तत्कालै उनलाई  उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको थियो।

कुटपिट गर्ने बाबुछोरालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालयका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक चक्र डम्बरपालले बताए ।

प्रकाशित मिति: : 2020-06-05 16:05:22

प्रतिकृया दिनुहोस्