थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ हजार ९ सय १२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या पुगेको २ हजार ९१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा शुक्रबार थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो। 

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाका अनुसार मुलुकभरका विभिन्न २१ वटा परीक्षण केन्द्रबाट २७८ जना नयाँ संक्रमित पुष्टि भएका हुन्।

थप ४३ जना निको भए, कोरोना जित्नेको संख्या ३३३ पुग्यो

शुक्रबार थप ४३ जना कोरोनाभाइरस संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरसको संक्रमणपछि निको हुनेको कूल संख्या ३ सय ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यसमा २७२ जना पुरुष र ६१ जना महिला रहेका छन् ।

शुक्रबार धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा ७६, प्रदेश २ मा १२१, बागमति प्रदेशमा ३२, गण्डकी प्रदेशमा ३, प्रदेश ५ मा ९२, कर्णाली प्रदेशमा २ तथा सुदूरपश्चिम प्रदेशमा ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन् ।

थप एकको मृत्यु

नेपालमा कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको पञ्‍चपुरीका २८ वर्षीय पुरुषको रहेका छन् ।

उनी जेठ ८ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा रहेका थिए ।  उनी क्‍वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएका थिए ।  उनी घर पुगेकै दिन मृत्यु भएको जनाइएको छ ।  उनको पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा कोरोना संक्रमण भएको पाइएको छ । 

देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । 

प्रकाशित मिति: : 2020-06-05 16:39:39

प्रतिकृया दिनुहोस्