कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा

बिएल संवाददाता

काठमाडाै‌ं

युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थाल्नु भएको छ । उनीसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उनले एकान्तमा बस्ने घोषणा गरेका हुन्।

उनको सम्पर्कमा रहेका व्यक्तिलाई शुक्रबार कोरोना पुष्टि भएपछि प्रधानमन्त्री आफै आइसोलेसनमा बसेको अधिकारीहरुले जानकारी दिएका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्,‘साथीहरु म आफै आइसोलेसनमा बस्न थालेको छु, कोरोनाभाइरस परीक्षणका क्रममा मेरो रिपोर्ट ठीक आएको भएपनि मेरो सम्पर्कमा रहेको व्यक्तिमा सङ्क्रमण पुष्टि भएकोले स्वास्थ्य अधिकारीहरुको निर्णय र सुझाव अनुसार म आइसोलेसनमा बस्न लागेको हुँ ।’

उनी कोरोनाभाइरस विरुद्धको लडाईमा देशको नेतृत्व गरिरहेका थिए । उनी मातहत नै यससम्वन्धी समिति रहेको थियो । 

स्वास्थ्य मन्त्रालयले सवै मन्त्रीहरुको स्वास्थ्य परीक्षण गरेपछि प्रधानमन्त्रीलाई अलग बस्नुपर्ने निश्कर्ष निकालिएको थियो । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता इम्यानुएल एनेब्युनाले उनीहरुको फेरि केही दिनमा दोहो¥याएर परीक्षण गरिने जानकारी दिए । 

‘मन्त्रीहरु विभिन्न ठाउँमा जाने गरेको, मानिसहरुलाई भेट्ने गरेको भएकाले शंका लागेर कोरोना परीक्षण गरिएको थियो,’ उनले भने । 

युगाण्डाको स्वास्थ्य मन्त्रालयका अनुसार युगाण्डामा शुक्रबारसम्ममा ५५७ व्यक्ति सङ्क्रमित रहेका छन् भने ८२ जना निको भएर घर फर्किएका छन् । युगाण्डामा अहिलेसम्म सङ्क्रमित व्यक्तिको मृत्यु नभएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
 

प्रकाशित मिति: : 2020-06-05 20:12:37

प्रतिकृया दिनुहोस्