चन्दननाथ नगरपालिकाका दुई र तीन वडा सिल

जुम्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चन्दननाथ नगरपालिका दुई वडा सिल गरिएको छ।

जिल्ला स्तरीय एकिकृत क्वारेन्टाइन सेन्टरको रुपमा रहेको कर्णाली प्राविधिक शिक्षालयमा रहेकाहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएपछि नगरपालिकाको वडा नं २ र ३ लाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए। 

‘जिल्लामा संक्रमण बढ्दै गएको छ। यता कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टाइनबाट स्थानीय स्तरसम्म हुन सक्ने फैलावटलाई मध्य नजर गर्दै पहिलो चरणमा हामीले २३ गते देखि २५ गतेसम्म सिल गरेका छौं,’उनले भने।

उनका अनुसार पूर्वमा देवलडाडा, पश्चिम जुगाडखोला, उत्तर सिनामुल तथा दक्षिण जुम्ला बुहुमखी क्याम्पसको चार किल्ला भित्रको क्षेत्रलाई सिल गरिएको छ।  

कोरोना भाइरसको संक्रमण देखिएसँगै जुम्लामा ३ दिनदेखि कफ्यू जारी छ।

प्रकाशित मिति: : 2020-06-05 20:30:57

प्रतिकृया दिनुहोस्