स्वास्थ्य मन्त्रालयको गम्भीर लापरवाही, रौतहटमा ५ जना संक्रमित हुनुपर्नेमा ६ सार्वजनिक गर्‍यो

पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणको संख्या तिब्र गतिमा बढ्दै छ। प्रदेश २ को रौतहटमा संक्रमित गणनामा स्वास्थ्य मन्त्रालयको गम्भीर लापरवाही फेला परेको छ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार रौतहटमा कोरोना भाईरस संक्रमितको संख्या ५ हुनुपर्नेमा पत्रकार सम्मेलनमा ६ जना भएको सार्वजनिक गरेको छ।

स्वास्थ मन्त्रालयले रौतहटको ईशनाथ नगरपालिकाको विभिन्न वडामा ५ जना र गुजरा नगरपालिकामा एक गरी शुक्रबार ६ जना कोरोना भाईरसको संक्रमित भएको सार्वजनिक गरेको छ।

उता रौतहटस्थित जिल्ला अस्पतालले स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको संक्रमितको संख्यालाई गलत ठहर गर्दै ५ जनामा मात्र कोरोना पुष्टि भएको जानकारी दिएको हो।

जिल्ला अस्पताल गौरका प्रमुख महेश साहले रौतहटमा पछिल्लो समय कोरोना भाईरसबाट ईशनाथका ५ जनामात्र संक्रमित रहेको दाबी गरे।

गुजरा नगरपालिकाका संक्रमित भनिएका मानिसको पिसिआर रिपोर्ट निगेटिभ रहेको छ, भुलबस स्वास्थ मन्त्रालयले पोजिटिभ भनेर सार्वजनिक गरेको प्रमुख साहले बताएका छन्।

५ जना थपिएसँगै रौतहटमा संक्रमितको कुल संख्या ३९२ पुगेको छ।

रिपोर्ट अनुसार रौतहटमा सबैभन्दा बढी ईशनाथमा संक्रमित भएका छन्।

नगर स्वास्थ संयोजक ईशराजुल खानका अनुसार नगर क्षेत्रमा बिहिबारसम्म कोरोना भाईरस संक्रमितको संस्था १०७ पुगेको छ।

रौतहटको १८ वटै स्थानीय तहमा कोरोना भाईरस संक्रमित पुष्टी भईसकेको छ ।

जिल्लाका तीन जना संक्रमित कोरोना जितेर घर फर्किसकेका छन्।

प्रकाशित मिति: : 2020-06-05 21:33:39

प्रतिकृया दिनुहोस्