आज राति ९:४५ बजे डीभी लटरी खुल्दै : यहाँ हेर्न सकिन्छ नतिजा

नेपालमा सन् २०२० को जुन ६ तारिख अर्थात् २०७७ साल जेठ २४ गतेको विहान भैसकेको छ। आजको दिन डीभी लटरी भरेर अमेरिका जान चाहने नेपालीका लागि विशेष दिन भएर आएको छ। नेपाली समयअनुसार आज शनिबार साँंझ ९ बजेर ४५ मिनेट जाँदा सन् २०२१ का लागि भरिएको अमेरिकी डीभी लटरीको नतिजा  सार्वजनिक हुदैछ।

सँधैझै यसपटक पनि लाखौ नेपालीले डीभी भरेर आफ्नो भाग्य नापिरहेका छन्। चिट्ठा परे भाग्यमानी हुने र नपर्ने पुर्पुरोलाई दोष दिने आमचलन नै भैसकेको छ। तिनै भाग्य नाप्नेहरू आज साँंझ ९:४५ को प्रतीक्षा गरिरहेका छन्। उनीहरूको त्यो प्रतीक्षा सकिन अब केही घण्टा मात्र बाँकि छ।

हरेक वर्ष अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भरिने मे ५ मा परिणाम सार्वजनिक हुने डीभी लटरी यस वर्ष निर्धारित समयमै भरिए पनि कोरोना कहरका कारण परिणाम भने पूर्व निर्धारित समयमा सार्वजनिक भएन। 

अमेरिका जान पाउँने भाग्योदय चिट्ठा अर्थात् डीभी लटरीको नतिजा आज साँंझ सार्वजनिक हुदैछ। नेपाली समयअनुसार शनिबार साँंझ ९ :४५ बजे सार्वजनिक हुने परिणामको प्रतिक्षा लाखौं नेपाली गरिरहेका छन्। डिभी परे भाग्यमानी हुने र नपर पुर्पुरोलाई दोष दिने आमचलन नै भैसकेको छ। तर, केहीसययता अमेरिकामा आप्रवासीमैत्री सोच हराउँदै गएकोले डीभी चिठ्टा पर्नु पनि 'नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाबुको अनुहार ' जस्तै भएको छ। अझ यसपालि त अमेरिकामा कोरोना कहर र रंगभेद एकसाथ विषालु फँडा उठाइरहेका छन्। यसले अरू दु:ख थपिदिएको छ।

नतिजा प्रकाशित ढिलो भएपनि आगामी अन्तर्वार्ता भने पूर्वनिर्धारित समयअनुसार नै आउँदो अक्टोबर १ देखि सुरु हुने बताइएको छ। उनीहरू सन् २०२१ को सेप्टेम्बरसम्ममा सबै प्रक्रिया पूरा गरेर अमेरिका प्रवेश गरिसकेको हुनुपर्नेछ। अन्यथा डीभी परे पनि उनीहरू अमेरिका प्रवेश गर्न सक्ने छैनन्। 

डाइभर्सिटी भिसा (डीभी) तेस्रो विश्वका केही राष्ट्रका सर्वसाधारण नागरिकका लागि सहज अमेरिका प्रवेशको माध्यमका रूपमा लिने गरिन्छ। यसैको प्रयोग गरेर हजारौ सर्वसाधारण नेपाली पनि अमेरिका आइसकेका छन्। 

तर, केही वर्षयता अमेरिकाको आप्रवासीमैत्री चरित्र हराउँन थालेको छ। त्यसले डीभी परेर आएका मानिसका लागि पनि अपठ्यारा दिन सुरू भएका छन्। अझ यसपालि त अमेरिका कोरोना महामारी र रंगभेद विरोधी आन्दोलनको संगीन घडीमा छ। यस्तो अवस्थामा डीभी लटरी पनि 'नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छो बाबुको अनुहार' जस्तै बन्न पुगेको छ। 

आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपति निर्वाचनमा ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भए भने अर्को चार वर्ष अमेरिका आप्रवासीमैत्री हुने छैन। सम्भवत: उनको त्यही कार्यकालमै डीभी लटरी पनि सधैंका लागि अन्त हुन सक्छ। 

डिभी लटरीको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोला

प्रकाशित मिति: : 2020-06-06 03:54:57

प्रतिकृया दिनुहोस्