बाँकेको नरैनापुरका १२ कोरोना संक्रमित डिस्चार्ज

फाइल तस्बीर

 बाँकेको नरैनापुर गाउँपालिकाका १२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेशमान श्रेष्ठका अनुसार शुक्रबार लायन्स डेन्टल अस्पताल नेपालगञ्जमा रहेका नरैनापुरका २३ जनामध्ये १२ जना कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् । 

बाँकेमा कोरोना संक्रमितको स‌ंख्या २ सय ५५ छ। जसमा एक जनाको मृत्यु भएको छ । जसमध्ये ४१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । 

प्रकाशित मिति: : 2020-06-06 06:50:55

प्रतिकृया दिनुहोस्