फिजी काेराेना भाइरसमुक्त देश घाेषणा

बिएल संवाददाता

काठमाडाै‌ं

प्रशान्त महासागरमा अवस्थित फिजीले आफूलाई कोरोना भाइरसबाट मुक्त घोषणा गरेको छ। 

देशमा भेटिएका १८ कोरोना संक्रमितहरु सबै निको भएपछि प्रधानमन्त्री फ्रैंक बेनीमारामाले शुक्रबार फिजीलाई कोरोना भाइरसमुक्त देश घोषणा गरेका हुन्।

प्रधानमन्त्री बैनिमारामाले अन्तिम संक्रमित बिरामी पनि निको भएपछि देशलाई काेराेनामुक्त घाेषणा गरेकाे बताएका छन्। उनले ट्विटरमा लेखेका छन्, ‘फिजीका अन्तिम कोरोना बिरामी पनि निको भइसकेका छन् । अहिले कुनै पनि नयाँ कोरोना संक्रमित फेला परेका छैनन् र कुनै पनि कोरोनाको कारण ज्यान गएको घटना पनि भएको छैन । हाम्रो देशमा कोरोना भाइरस संक्रमित भए/नभएको जाँच गर्ने क्षमता बढाएका छौं।’

 फिजी प्रशान्त महासागरका केही टापुहरू मध्येको एक देश हो जहाँ कोरोना भाइरस संक्रमणको पुष्टि भएको थियो । यहाँ पहिलो केस मार्चको बीचमा भेटिएको थियो। त्यसपछि यहाँ त्रास बढेको थियो तर अहिले भने ४५ औं दिनसम्म पनि कुनै केस नदेखिएको जनाइएको छ । 

उनले लेखेका छन् कि ‘सबै प्रार्थनाहरू स्वीकार्य छन्, हामीले कडा परिश्रम र विज्ञानमा विश्वास गरेर यो हासिल गर्न सक्छौं। ’ 

जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार  विश्वभर कोरोना भाइरसबाट ६७ लाख २४ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। त्यसमध्ये तीन लाख ९४ हजार भन्दा बढीको ज्यान गएको छ।

प्रकाशित मिति: : 2020-06-06 07:32:30

प्रतिकृया दिनुहोस्