विपीन कार्की भन्छन्ः फिल्म 'क्याप्टेन फेन्टास्टिक'का जस्तै बुवा बन्न मन छ, हेर्नुस् युट्युबमा

सेतोपाटी

काठमाडौँ

प्रभाकर गौतम

लकडाउनको समयमा विपीन कार्कीको सबभन्दा धेरै समय छोरीसँग खेलेर बितिरहेको छ। अब त केहीबेर टाढा बस्यो कि, सात महिनाकी छोरीका आँखाले आफूलाई पछ्याएको लाग्न थालेको उनी बताउँछन्।

बुबाको भूमिकामा छोरीसँग समय काटिरहेकै बेला हालै विपीनले अभिभावक र छोराछोरीबीचको सम्बन्धमा बनेको अलि फरक खालको सिनेमा हेरे, 'क्याप्टेन फेन्टास्टिक'।

करिब एक वर्षअघि हेर्दा मन परेको यो यो फिल्म हालै फेरि दोहोर्‍याउँदा फिल्म हेर्ने, बुझ्ने दृष्टिकोण नै फरक पाएको विपीनको अनुभव छ।

उनी भन्छन्, 'बुवा बन्नुअघि र बुवा बनेपछिको भिन्नताले फिल्मले पार्ने प्रभाव पनि बेग्लै भएको महशुस गरेँ।'

प्रकाशित मिति: : 2020-06-06 08:32:31

प्रतिकृया दिनुहोस्