बझाङको खप्तडछान्नाका ६ जनामा कोरोना संक्रमण पुष्टि

बझाङको खप्तडछान्ना गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

जिल्ला अस्पतालका कोरोना फोकल प्रर्सन डा. मिलन खड्काका अनुसार  संक्रमित हुनेहरुमा ७०, ५७, ३८, २५ वर्षीय पुरुष र दुई जना ४० वर्षीया महिला रहेका छन्। उनीहरुमध्ये ५ जना भारतको दिल्लीबाट एक साता फर्किएका र एक जना दुई साताअघि काठमाडौंबाट आएका हुन्।

२ दिन अघि उनीहरुसँगै रहेका २० जनाको नमुना स्वाब संकलन गरिएको थियो। नमुना स्वाब संकलन गरिएका २० मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरुलाई खप्तडछान्ना गाउँपालिकाले बनाएको आइसोलेसनमा राखिने खड्काले बताए।

यो सँगै जिल्लामा कोरोना संक्रमित संख्या ७ पुगेको छ। 

प्रकाशित मिति: : 2020-06-06 09:06:33

प्रतिकृया दिनुहोस्