कोरोना संक्रमितकाे स‌ंख्यामा इटालीलाई पनि पछि पार्दै भारत, खराब मुलुकहरुको सूचीमा छैटौं स्थानमा उक्लियाे

बिएल संवाददाता

नयाँदिल्ली

इटालीलाई पछि पार्दै भारत कोरोना भाइरस (कोभिड–१९) का कारण संसारका सबैभन्दा खराब मुलुकहरुको सूचीमा छैटौं स्थानमा उक्लेको छ। 

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार भारतमा अहिलेसम्म २ लाख ६४ हजार १ सय ८४ जना कोरोना भाइरस संक्रमित रहेका छन्। 

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि दैनिक बढ्दो छ। शुक्रबार २ सय ९५ जना मानिस कोरोनाका कारण ज्यान गुमाएका छन्। यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।

विश्वका सबैभन्दा खराब मुलुको सूचीमा अमेरिका रहेको छ। अमेरिकामा १८लाख ९४ हजार ७ सय ५३ संक्रमित छन्। 

दोस्रोमा रहेको ब्राजिलमा ६ लाख १४ हजार ९ सय ४१ जना संक्रमित छन्।

तेस्रो स्थानमा रहेको रसियामा ४ लाख ४९ हजार २ सय ५६ संक्रमित छन्। 

चौथो स्थानमा रहेको बेलायतमा संक्रमितको संख्या २ लाख ८४ हजार ७ सय ३४ छन्। त्यसैगरी पाचौंमा स्पेन रहेको छ। स्पेनमा २ लाख ४० हजार ९ सय ७८ संक्रमित छन्।

जोन्स हप्किन्स विश्वविद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार  विश्वभर कोरोना भाइरसबाट ६७ लाख २४ हजार भन्दा बढी मानिस संक्रमित भएका छन्। त्यसमध्ये तीन लाख ९४ हजार भन्दा बढीको ज्यान गएको छ।

प्रकाशित मिति: : 2020-06-06 09:21:16

प्रतिकृया दिनुहोस्