तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

 पाल्पाका एक वडाध्यक्ष घुससहित पक्राउ परेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर तीन लाख रुपैयाँ घुससहित शनिबार पक्राउ परेका हुन्। 

उनलाई रुपन्देहीमा पक्राउ गरेको अख्तियार कार्यालयले जनाएको छ ।

शनिबार विहानै रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लिने क्रममा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए । 

उनीमाथि थप अनुसन्धान गरिने भुसालले बताए ।

प्रकाशित मिति: : 2020-06-06 12:44:40

प्रतिकृया दिनुहोस्