भारत-चीन सीमा विवादबारे वार्ता सुरु, अनुमानका भरमा समाचार प्रकाशित नगर्न मिडियालाई चेतावनी

बिएल संवाददाता

नयाँदिल्ली

पूर्वी लद्दाक जारी एक महिना लामो विवादको अन्त्य गर्न भारत र चिनियाँ सेनाका दुई पक्षबीच शनिबार बैठक सुरु भएको छ। सीमा क्षेत्रमा जारी तनावलाई वार्ताबाट सुल्झाउन भारत र चीनले छलफल अगाडि बढाएका हुन्।

शुक्रबार दुवै मुलुकका पराष्ट्र मन्त्रालयका अधिकारीहरुले शान्तपूर्ण संवादबाट समस्याको हल खोज्न सहमति जनाएका थिए। त्यसैका आधारमा आज दुई देशका सैनिक अधिकारीहरु लद्दाकमा रहेको चिनियाँ भेगको छुसुल मोल्डोमा बैठक बसेका हुन्।

भारतका तर्फबाट लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहको कमाण्डमा छलफल टोली रहने छ। 

चिनियाँ तर्फ भने मेजर जनरल लिन लिउले वार्ताको नेतृत्व गर्नेछन्। दुबै समूहबाट १०/१० अधिकृतहरु वार्तामा उपस्थित छन्। उनीहरु बिहानीको नास्ताबाट छलफलमा लागेको बताइएको छ।

यता भारतीय सेनाका प्रवक्ताले भनेका छन्, ‘भारतीय र चिनियाँ अधिकारीहरूले सीमा क्षेत्रको वर्तमान अवस्थाबारे सैनिक र कूटनीतिक माध्यमहरूमार्फत् वार्ता गरिरहेका छन्। यस चरणमा अनुमानको भरमा कुनै पनि प्रकारको गलत रिपोर्टिङहरु नगरिदिनु होला। हाम्रो आधिकारीक सूचनालाई मात्रै प्रकाशन प्रशारण गरिदिनुहोला।’

प्रकाशित मिति: : 2020-06-06 12:50:19

प्रतिकृया दिनुहोस्