जाजरकोटमा एक प्रहरीसहित ४ जनामा कोरोना संक्रमण

जाजरकोटमा एक प्रहरीसहित चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा शनिबार बारेकोट गाउँपालिका १ का ३ जना र ईलाका प्रहरी कार्यालय बारेकोटका १ जना प्रहरीलाई संक्रमण पुष्टि भएको हो।

उनीहरु सवैको जेठ १२ गते स्वाब संकलन गरिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । 

संक्रमित तीन जना भारतबाट आएका थिए । उनीहरु ६, १४, ३३ र ५२ वर्षीय रहेको महाशाखा प्रमख तिवारीले जानकारी दिए।

प्रकाशित मिति: : 2020-06-06 15:39:47

प्रतिकृया दिनुहोस्