नेपालमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु, मृतकको संख्या १३ पुग्यो

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ।

 कैलाली र डोल्पामा एक/एक जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ।

उनको कोरोना पोजेटिभ आएको छ।

यता डोल्पामा पनि एक जनाको मृत्यु भएको छ। जगदुल्ला गाँउपालिका ३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको भएको हो।

उनी जेठ १८ गते डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो।

उनको उनको २० गते निधन भएको हो। निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-06 17:05:56

प्रतिकृया दिनुहोस्