काठमाडौंमा थपिए ४ कोरोना संक्रमण

बिएल संवाददाता

काठमाडाै‌ं

काठमाडौंमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको जानकारी दिए।

संक्रमति हुनेमा २१ र ३५ वर्षीया महिला तथा ३६ र ४६ वर्षीय पुरुष छन् ।
 

प्रकाशित मिति: : 2020-06-06 17:16:34

प्रतिकृया दिनुहोस्