प्रदेश २ मा कोरोना संक्रमितको संख्या हजार नाघ्याे

फाइल तस्बिर

प्रदेश २ मा कोरोना संक्रमितको संख्या हजार नाघेको छ।

शनिबार थप ८३ जनामा कोरोना संक्रमण भेटिसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १०६६ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

आज थपिनेमा सबैभन्दा बढी महोत्तरी जिल्लाका रहेका छन्। यहाँ ३५ जनामा संक्रमण पुष्टि भएको छ।

यता धनुषामा एक प्रहरीसहित ८ जनामा  संक्रमण देखिएको छ। जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठास्थित क्वारेन्टाइनमा खटिएका प्रहरीमा कोरोना पुष्टि भएको हो। 

त्यस्तै सो क्वारेन्टाइनमा खटिएका २ जना स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएको छ। 

यसैगरी महोत्तरीको जलेश्वरका १७ जना पुरुष, मटिहानीका ७ जना पुरुष, एकडाराका ६ जना पुरुष, गौशाला नगरपालिकाका २ जना पुरुष तथा सोही क्वारेन्टाइका १ जना महिलामा कोरोना संक्रमणको पुष्टि भएको छ।

यता सर्लाही जिल्लामा रामनगर गाउँपालिकाका १६ जना, मलंगवा नगरपालिकाका ८ जना र ईश्वरपुर नगरपालिकाका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ। उनीहरु १६ देखि ३६ वर्ष उमेर समुहका हुन्। त्यस्तै रौतहटको ईशनाथ नगरपालिकाको क्वारेन्टाइ्नमा ४ जना पुरुष र २ जना महिलामा समेत कोरोना संक्रमणको पुष्टि भएको छ।

प्रदेश २ मा हालसम्म १ सय ५९ जना कोरोना संक्रमित व्यक्तिहरु उपचारपछि निको भई घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2020-06-06 18:00:54

प्रतिकृया दिनुहोस्