भारतको हिमाञ्चल प्रदेशमा ३९८ पुगे काेराेना सङ्क्रमित

बिएल संवाददाता

काठमाडाै‌ं

भारतको हिमाञ्चल प्रदेशमा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ३९८ पुगेको स्वास्थ्य विभागले शनिबार जनाएको छ ।

हिमाञ्चलमा कोभिड–१९ बाट अहिलेसम्म सङ्क्रमितमध्ये २०१ जनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ भने १८५ जना निको भई घर फर्किसकेका छन् ।

हिमाञ्चलमा मृत्यु हुने कोभिड–१९ सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ ।

भारतको संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतभर शनिबारसम्म उपचाररत सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार ९४२ रहेको छ भने छ हजार ६४२ जनाको मृत्यु भएको छ ।

भारतमा झण्डै ५० प्रतिशत सङ्क्रमित व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति: : 2020-06-06 22:13:38

प्रतिकृया दिनुहोस्