मान्छेको ज्यानै लिने कोरोनाका ‘फेक न्युज’ बाट कसरी बच्ने ?

बाह्रखरी

काठमाडौँ

पछिल्लो समय जहाँकहीँ कोरोना सम्बन्धी समाचार मात्र देख्न पाइन्छ । विश्व महामारीको रुप लिएको कोभिड–१९ लाई दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो संकट मानिएको हुँदा पूरै विश्व अहिले यो रोगसँग लड्न संघर्ष गरिरहेको छ । 

तर यही समयमा कोरोना सम्बन्धी गलत समाचार, अनुचित जानकारी, नानाथरीका बनावटी थ्योरी फैलाउने काम पनि उत्तिकै बढिरहेको छ जसले अप्रत्यक्ष रुपमा धेरै जीवनको क्षति गरिसकेको छ भने कतिको स्वास्थ्यमा गम्भीर असर पारिरहेको बीबीसीको एक अनुसन्धानात्मक टोलीले पत्ता लगाएको छ । 

फ्लोरिडामा अस्पतालको बेडबाट फोनमार्फत कुरा गर्दै ४६ वर्षीय ब्रिआन लि हिचेन्सले बीबीसीसँग भनेका हुन्, “हामीले सोच्यौँ कि सरकारले केबल हामीलाई अल्मल्याउन मात्र कोरोनाभाइरसको नाम लिइरहेको छ वा यो फाइभ–जी सम्बन्धी केही हो भन्ने हामीलाई लागेको थियो । त्यसैले हामीले कुनै नियमहरु मानेनौँ र मद्दतका लागि छिट्टै गएनौँ ।” 

प्रकाशित मिति: : 2020-06-07 07:26:28

प्रतिकृया दिनुहोस्