डोटीको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु, स्वाब परीक्षण गरिँदै

डोटीको क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ।

केआई सिंह गाउँपालिका ३ स्थित सीताराम आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बसिरहेका १९ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो।

दल्लका ती युवकको बिहान तीन बजे मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तिलबहादुर बोहराले जानकारी दिए।

बोहराका अनुसार भारतको दिल्लीबाट आएका उनी जेठ २० गतेदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए।

उनी लामो समयदेखि मुटुको रोगी भएको खुलेको छ।  मृतकका बुवा लगायत अन्य १० जना समेत सो क्वारेन्टाइनमा बसेका छन्। 

मृतक युवक लगायत क्वारेन्टाइनमा बसेका सबैको स्वाब संकलन गरिएको छ। उनीहरुको स्वाब परीक्षणको तयारी भइरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए।

स्वाबको रिपोर्ट आएपछि मात्र उक्त युवकको शव व्यवस्थापन गरिने उनले बताए।

प्रकाशित मिति: : 2020-06-07 08:08:15

प्रतिकृया दिनुहोस्