गण्डकी प्रदेशमा थपिए ३८ संक्रमित

बिएल संवाददाता

काठमाडाै‌ं

गण्डकी प्रदेशमा आइतबार बिहान थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

गण्डकी स्वास्थ्य निर्देशानलयले बिहानै ६ बजे प्रेस विज्ञप्ति जारी गरेर स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ गरी थप ३८ जनाका कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय १३ पुगेको छ।


 

प्रकाशित मिति: : 2020-06-07 08:43:09

प्रतिकृया दिनुहोस्