जसले आइसोलेशनबाटै समाचार लेखे

कपिलवस्तु जिल्लाका दुई सञ्चारकर्मी कोरोनालाई जितेर आज घर फर्किएका छन्। 

यही जेठ ९ गते कोरोना पोजेटिभ देखिएपछि तिनलाई जिल्लाको मधेश मानवअधिकार गृह(माहुरीहोम) मा निर्मित आइसोलेशनमा राखिएको थियो। सत्र दिनदेखि आइसोलेशनमा रहेका सञ्चारकर्मी आज कोरोना भाइरसलाई पराजित गर्दै घर फर्केका हुन्। 

दुवै जनामा गरिएको पछिल्लो कोरोना परीक्षणमा नेगेटिभ रिपार्ट देखिएपछि उनीहरुलाई आज साँझ आइसोलेशन सेन्टरबाट डिस्चार्ज गरिएको हो। दुवै जनालाई पुष्पगुच्छासहित बिदाइ गरिएको थियो। 

दृढ आत्मविश्वास र उच्चमनोबलका साथ आफूहरुले कोरोना जित्न सफल भएको दुई सञ्चारकर्मीको भनाइ छ। कोरोनाभन्दा खतरा समाज रहेको अनुभव सुनाउँदै उनीहरुले अनावश्यक भ्रमको पछि नलाग्न अनुरोध गरेको छन्।  

आइसोलेशनमा नियमित स्वास्थ्योपचार, योगाभ्यास र  नृत्यका साथ तिनले नियमित समाचार सम्प्रेषण पनि गर्दै आएका थिए।

प्रकाशित मिति: : 2020-06-07 19:59:18

प्रतिकृया दिनुहोस्