कर्णालीका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा भएको परीक्षणबाट थप १६ जनामा कोरोना पुष्टि भएको हो।

थपिएका संक्रमितमध्ये दैलेखका १० जना, सल्यानका ६ जना र सुर्खेतका एकजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

सुर्खेतका संक्रमित बराहताल गउँपालिका १० का युवक हुन्। 

यस्तै दैलेखको गुराँस गाउँपालिका ४ र डुङ्गेश्वर गाउँपालिकाका दुई/दुईजना पुरुष रहेका छन् भने नारायण नगरपालिका ३, ६, नौमुले गाउँपालिका १,७, ८ र आठबीस नगरपालिका ७ का एक/एकजना पुरुष रहेका छन्।

यस्तै सल्यानको बनगाड कुपिण्डे नगरपालिका २ र ३ का तीन पुरुष, कुमाख गाउँपालिका १ र ३ का दुईजना पुरुषमा संक्रमण पुष्टि भएको  छ। 
 

प्रकाशित मिति: : 2020-06-08 14:48:42

प्रतिकृया दिनुहोस्