बाँकेका थप २९ जना कोरोनामुक्त, घर फर्काउने तयारी

बाँकेका २९ जना कोरोनामुक्त भएर मंगलबार घर फर्किँदै छन्।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार सबैभन्दा बढी प्रभावित नरैनापुरका २२ र राप्ती सोनारीका ७ जनालाई डिस्चार्ज गरिन लागिएको हो । योसँगै बाँकेमा कोरोना जितेर घर फर्किनेको संख्या ९७ पुगेको छ ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नरैनापुरका २२ जना कोहलपुर नगरपालिकाको पिपरीस्थित कृषि विकास बैंकको तालिम कक्षको आइसोलेसन सेन्टरमा थिए भने राप्ती सोनारीका ७ जना स्थानीय आइसोलेसन सेन्टरमा थिए।

उनीहरु सबै भारतबाट आएका थिए। उनीहरुमा कोरोना भाइरस परीक्षण गर्दा संक्रमण पुष्टि भेटिएका थियो। 

बाँकेमा हालसम्म २ सय ७९ जनामा कोरोना संक्रमित भइसकेका छन् भने एक जनाको क्वारेन्टाइनमै मृत्यु भइसकेको छ।

प्रकाशित मिति: : 2020-06-09 12:49:35

प्रतिकृया दिनुहोस्