बलिउड प्रवेश गर्न संघर्ष गरिरहेकी नायिका निरिशालाई कोरोना

नायिका निरिशा बस्नेतमा कोरोना संक्रमण देखिएको छ। 

चलचित्र ‘जानी नजानी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी बस्नेत हाल मुम्बईमा छिन्। उनको रिपोर्ट पोजिटिभ आएपछि मुम्बईमा रहेको 
अस्पतालमा उपचार गराइरहेकी छिन्। 

उनी मुम्बईको कोकिला अस्पतालमा उपचार गराइराइरहेकी छिन्।

अब रिपोर्ट नेगिटिभ नआएसम्म उनी अस्पतालमै रहेर उपचार गराउने छिन्। कलाकार विश्व बस्नेतकी छोरी निरिशा बलिउड चलचित्रमा प्रवेशका लागि संघर्ष गरिरहेकी थिइन्। 

भारतमा रहेर विभिन्न सिरियलमा काम गरिरहेकी छिन्।

चलचित्र ‘जानी नजानी’को रिलिजको समयमा उनी नेपाल आएकी थिइन्। यो चलचित्रले बक्स अफिसमा फल्प भएपछि उनी मुम्बईमा नै संघर्ष गरिरहेकी थिइन्।

प्रकाशित मिति: : 2020-06-09 16:13:13

प्रतिकृया दिनुहोस्