भिटामिनका चक्की स्वास्थ्यका लागि कति आवश्यक ?

हिमाल खबर

काठमाडौँ

डा. प्रकाशराज रेग्मी

जीवलाई जीवित राख्न चाहिने अत्यावश्यक शारीरिक प्रक्रिया हो– मेटाबोलिजम । जीवको मेटाबोलिजमलाई क्रियाशील गराउन सूक्ष्म पोषक तत्व चाहिन्छ । त्यही अत्यावश्यक पोषक तत्वका लागि चाहिने जैविक तत्व नै भिटामिन हो । सामान्य अर्थमा जीवित वस्तुलाई बाँच्ने र बचाउने आधारभूत तत्व नै भिटामिन हो ।

उमेर ढल्केपछि वा भनौं ५० वर्ष नाघेपछि क्याल्सियम, भिटामिन बी कम्प्लेक्स, भिटामिन बी १२, ओमेगा ३ माछाको तेल, भिटामिन डी आदि खाने चलन बढेको छ तर त्यो खानु आवश्यक नपर्न सक्छ । भरसक भिटामिन र सप्लिमेन्टस् खानाबाट लिने हो। फ्याक्ट्रीमा बनेका, औषधि पसलबाट किन्नुपर्ने चक्कीबाट लिने होइन । यस्ता पोषक तत्व स्वस्थ आहारबाट लिनु चाहिं उत्तम हुन्छ ।

कतिपय मानिस लामो समयदेखि भिटामिन र क्याल्सियमका चक्की आदि ‘डाक्टरले खानु भनेकाले’ खाइरहेको बताउँछन् । हुन पनि हो, डाक्टरहरूले लेखिदिएपछि खानै पर्‍यो । कतिपय अवस्थामा क्याल्सियम खाएपछि हृदयाघात र मस्तिष्कघातसम्म भएका उदाहरण पनि छन् ।

प्रकाशित मिति: : 2020-06-11 07:06:28

प्रतिकृया दिनुहोस्