महाराष्ट्र सरकारका तीन मन्त्रीलाई कोरोना संक्रमण

बिएल संवाददाता

मुम्बई,हिन्दी ब्यूराे

भारतको महाराष्ट्र राज्य कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको शिर्ष स्थानमा छ। मुम्बई कोरोनाको उच्च जोखिमसँगै त्रासमा बाँचिरहेको छ।

मुख्यमन्त्री उद्धव ठाकरे नेतृत्व सरकारका मन्त्री धनंजय मुन्डेलाई कोरोना संक्रमण देखिएको बताइएको छ।

यसअघि मन्त्री जितेन्द्र अवध र अशोक चव्हाणलाई समेत कोरोना संक्रमण देखिएको थियाे। मन्त्री अवध र चव्हाण उपचारपछि आराम गरिरहेका छन्।

मुन्डे राष्ट्रवादी कांग्रेस पार्टीको कोटाबाट मन्त्री बनेका हुन्। उनीसँगै सरक्षाकर्मी र अन्य कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि हुने महाराष्ट्र सरकारका तेस्रो मंत्री हुन्। उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई समेत उपचारमा पठाइएको बताइएको छ।

प्रकाशित मिति: : 2020-06-12 12:50:13

प्रतिकृया दिनुहोस्