शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले दमन गर्‍याे: जसपा

जनता समाजवादी पार्टी (जसपा)ले शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले दमन गरेको आरोप लगाएको छ । 

पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार एक विज्ञप्ती जारी  गर्दै जनताको आवाजलाई सम्बाेधन नगरि हेपाहा प्रवृत्ति देखाएको उल्लेख गरेको बताएकाे छ। 

‘केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना महामारी नियन्त्रण गर्न पूर्ण असफल सिद्ध भएको छ, सरकारका असफलताकाविरुद्ध व्यापक जनप्रदर्शनहरू भइरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जनताका आवाज सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन गरेकोमा यस्ता कार्यलाई बन्दी गरी जनताका न्यायोजित आवाज तुरुन्त सम्बोधन गरिनु पर्छ ।’
 

प्रकाशित मिति: : 2020-06-12 15:33:27

प्रतिकृया दिनुहोस्