गरिब तथा असाहयलाई खाना खुवाउने महिलामाथि प्रहरीको दुर्व्यवहार, डीएसपीलेनै हाने भातको थालमाथि लात्ती (भिडियो)

देवकी विष्ट

काठमाडौं

काठमाडौंको ठमेल क्षेत्रमा घरबाट बिहीन ताथ अरिव असाहयलाई खाना खुवाउनेमाथी प्रहरीले दुर्व्यवहार गरेको छ। लामो समयसम्मको लकडाउनले कामबिहिन भएका दैनिक ज्याला मजदुरी गर्ने तथा गरिव असाहयलाई महिनौदेखि निःशुल्क खाना खुवाउँदै आएका दातालाई प्रहरीले दुर्व्यवहार गरेको हो।

महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका वृत्त प्रमुख डीएसपी दीपक खड्का नेतृत्वको प्रहरी टोलीले खाना खुवाउनेलाई दुर्व्यवहार गर्नुका साथै खादै गरेको खानाखोसेर सडकमा फालिदिएका छन्।

वृत्त प्रमुख डीएसपी दीपक खड्काकै नेतृत्वमा रहेको टोलीले पछिल्लो समय खाँदै गरेको खानासमेत खोसेर सडकमा फालिदिने गरेको असाहयहरूको भनाई छ।

‘काम छैन, किनेर खाने रकम पनि छैन, ईन्दिरा दिदीले बिहान बेलुका खाना दिनुहुन्छ, त्यही खाना खानकै लागि हामी बसपार्कबाट हिँडेर ठमेल पुग्छौं, अस्ती अस्ती केही हुन्थेन नयाँ डीएसपी सा’प आउनु भएको छ रे उहाँले खाना खोस्न भन्नु भएको छ रे, अचेत हामी लुकेर खान्छौ’, एक महिलाले भनिन्।

विगत २ महिनादेखि ठमेल, सोह्रखुट्टे तथा बसपार्क क्षेत्रका गरिब तथा असाहयलाई खाना खुवाउँदै आएकी बन्दी नेपाल नामक संस्थाकी संस्थापक अध्यक्ष ईन्दिरा रानामगरलाईसमेत प्रहरीले दुर्व्यवहार गरेको छ।

उनले लगातार ३ महिनादेखि दैनिक ३ सयभन्दा बढीलाई निःशुल्क खाना खुवाउँदै आएकी छन्।

‘मैले सामाजिक दूरी अपनाएर नै विगत ३ महिना देखि ठमेलको सञ्चयकोष भवन र लैनचौरमा खाना खुवाइरहेकी छु, जहाँ खाना दिन्छु सो ठाँउ सफा गरेरमात्र घर जान्छु। तर पनि आफैसँग प्रहरीले गरेको व्यवहारले अक्क न वक्क भएकी छु,’ रानामगरले भनिन्, ‘मैले गरिब असाहयको पेट भर्दा के अपराध गरेँ।’

सुरू-सुरूका दिनमा सञ्चयकोष भवन अगाडि खाना बाढ्ने उनलाई प्रहरीले दुर्व्यवहार गर्दै रोकेको थियो। ‘मलाई सञ्चयकोष भवन अगाडि खाना बाँढ्न सहज थियो। तर केही समयपछि सोह्रखुट्टे प्रहरीले त्यहाँ बाढ्न दिएन। त्यसपछि पुरानो बसपार्कबाट खाना बाढ्न थालेको छु। तर पनि प्रहरीले मैमाथि दुर्व्यवहार गरेको छ,’ रानाले बिएल नेपाली सेवासँग भनिन्।

दैनिक साढे ३ सय जनालाई खाना खुवाउनु सामान्य कुरा होइन। यसमा कति सामाजिक र मानसिक तनाव हुन्छ तर पनि यी सब वेवास्था गरेर खाना बाढिरहँदा ईन्दिरालाई प्रहरीनै आएर धम्काउने गरेको सडकमा खाना खाईरहेकी एक महिलाले बताईन्।

ईन्दिरा १५ हजार सडक बालबालिकाकी आमा हुन्। अहिले इन्दिरालाई धेरै जसो उनले हुर्काएका सडकबालबालिका जो विदेशमा छन्। उनीहरूलेनै पठाएको आर्थिक सहयोगबाट खाना खुवाईरहेकी छिन्। 

उनले जेल जीवन बिताइरहेका अभिभावकका सन्तानलाई हेर्नुका साथै समाजमा किशोरकिशोरीबाट अपराध कसरी कम गर्ने भनेर बिगत लामो समय देखि काम गरिरहेकी छिन्।

उनको कामले गर्दानै मलाला युसुफसँगै ईन्दिरा रानामगर पनि वर्ल्ड चिल्ड्रेन प्राइजका लागि अन्तिम तीन जनाको मनोनयमा परेकी थिईन्। साथै सन् २०१७ मा बीबीसीद्वारा आयोजित विश्वका १०० शक्तिशाली महिलाको सूचीमा समेत परेकी थिइन्।

भिडियो

प्रकाशित मिति: : 2020-06-15 14:11:12

प्रतिकृया दिनुहोस्