मेमोरी लावतीले पल शाहलाई भनिन्- मत अलिक कडा छु (भिडियोसहित)

गायीका मेमोरी लावती लिम्बुले आफ्नो दोस्रो गीत आइतबार रिलिज गरेकी छन्। डिपी खनालको शव्द रचना रहेको ‘अलि कडा छु..’ बोलको गीतमा उदपयराज पौडेलले संगीत भरेका छन्।

आर बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको म्यूजिक भिडियोमा मेमोरीसहित पल शाहको अभिनय देखिन्छ।

अर्जुन तिवारीले छायाँकंन गरेको म्यूजिक भिडियोको सम्पादन जीवन थापाले गरेका हुन्।

गीतको नृत्य निर्देशन रोशनी राज्य लक्ष्मी शाहले गरेकी हुन् भने निर्देशन पल शाहले गरेका हुन्।

माया प्रेमको विषयलाई गीतमा रोमाञ्चक तरिकाले पश्किएको छ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति: : 2020-06-15 14:28:50

प्रतिकृया दिनुहोस्