श्रमिक सूचना बैंक स्थापनाको तयारी

रासस

काठमाडौँ 

सरकारले बेरोजगार नागरिकलाई रोजगारीसँग जोड्ने लक्ष्यका साथ श्रमिक सूचना बैंक स्थपना गर्ने भएको छ।

आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रमअनुसार श्रमिक सूचना बैंक स्थापना गर्ने कार्य अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 

श्रमिक बैंक स्थपना गरी कार्यान्वयन गर्न मन्त्रालयले विज्ञ समूह गठन गरी कार्य प्रारम्भ गरेको छ। कृषिलगायत श्रम आर्जन गर्नसक्ने जनशक्ति के कति सङ्ख्यामा रहेका छन्, के कस्ता ज्ञान, सीप हासिल गरेका छन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकत्रित जानकारी उपलब्ध गराउने उद्देश्यले श्रमिक बैंकको स्थापना गर्न लागिएको श्रममन्त्री रामेश्वर राय यादवले जानकारी दिए। 

विकास र औद्योगिकीकरणले गति लिँदै गर्दा मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चितता गर्न र श्रमिक बैंकको स्थापनाले श्रमिकको सम्रग व्यवस्थापनमा मद्दत पु¥याउने भएकाले श्रमिक बैंकको आवश्यता रहेको उनको भनाइ छ। 

प्रकाशित मिति: : 2020-06-16 21:07:15

प्रतिकृया दिनुहोस्