असार महिनामा मेलम्चीको पानी आउनेमा शंका नगर्नू: खानेपानीमन्त्री मगर

खानेपानीमन्त्री विना मगरले असार महिनामा काठमाडौंमा मेलम्चीको पानी आउनेमा शंका नगर्न आग्रह गरेका छन।  

राष्ट्रिय सभामा मन्त्रालयगत विनियोजन बजेटमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले मेचलम्चीको पानी टनेलमा टेष्टिङको प्रक्रिया सुरु गरेको बताउँदै मेलम्चीको पानी आउनेमा ढुक्क रहन आग्रह गरेकी हुन्। ु

‘मेलम्चीको पानी आउनेमा शंका नगर्दा हुन्छ। हामी यो असरको पेरिफेरीमा टनेलमा  टेष्टिङको प्रक्रिया सुरु गर्नेछौं। त्यसपछि सुन्दरीजलमा खसाल्ने छौं,’ उनले भनिन्।

उनले आसुरुवाती चरणबाट अहिलेसम्म दुई दशकमा आयोजना नसकिनुमा प्रक्रियागत झन्झट भएको बताइन्। यस्तै मेलम्ची परियोजनाले थुप्रै निराशा उत्पन्न गराएपनि अब काठमाडौंमै पानी आउने गरि काम भएको उनले दाबी गरिन्।

उनले चालु आर्थिक वर्षभित्र भौतिक रुपमा आयोजनाको काम सकिने बताइन्। काठमाडौंमा मेलम्चीको पानी केयुकेएलले वितरण गर्ने मगरले जानकारी दिइन्।
 

प्रकाशित मिति: : 2020-06-17 18:13:58

प्रतिकृया दिनुहोस्