भारतको दोहोरो मापदण्डः नेपालसँग वार्ता नगर्ने, चीनसँग वार्ता गर्न रुसलाई गुहार्दै

सुगौली सन्धि अनुसार नेपालको भू–भागमा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुरालाई जवरजस्ती आफ्नो नक्सामा समावेश गरेको भारत चीनले पूर्वी लद्दाखको गलवान उपत्यकामा आफ्नो दावी प्रस्तुत गर्दै सैन्य उपस्थिति बढाएपछि असमञ्जसको स्थितिमा छ। 

गत सोमबार गलवान क्षेत्रमा भएको दोहोरो भीडन्तमा चीनले २० भारतीय सैनिकलाई मारेको थियो, जसमा एकजना कर्नेल पनि समावेश थिए। 
भारतीय समाचारले चीनतर्फ पनि ४० सैनिक मारिएको दावी गरेपनि यसको पुष्टी हुन सकेको छैन। 

भारतले जम्मु र काश्मिरमा धारा ३ सय ७० लाई हटाएर सिधै केन्द्र शाषित राज्य लागु गरेपछि प्रकासित गरेको राजनीतिक नक्सामा एक्कासी नेपाली भू–भाग लिपुलेक, कालापानी, लिम्पियाधुरालाई गाभेको थियो। 

नेपालले कुटनीतिक रूपमा यसको विरोध जनाउँदा जनाउँदै नेपाली भू–भाग मिचेर भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकसम्म पुग्ने बाटोको उद्घाटन गरेपछि नेपालले सशक्त रूपमा यसको प्रतिकार गर्‍यो। यसको फलस्वरुप संंविधान संसोधन गरेर नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नक्सा प्रतिनिधि सभाबाट पास गरिसकेको छ। 

भारतले नेपालको यो कदमलाई अस्विकार गरेर वार्ताको वातावरण बिगारेको आरोप लगाइरहेको बेला चीनसँग रुसमा हुने परराष्ट्र मन्त्रीस्तरीय वार्ताका लागि २३ तारिखको समयसीमा तय गरेको छ। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बुधबार भनेका थिए, ‘चीनले बढाईचढाई गरेको दावी एकपक्षीय छ।’ तर चीनले भने गलवान उपत्यका सदियौंदेखि आफ्नो भू–भाग रहेको र त्यहाँबाट भारतीय सेना हट्नु पर्ने, आफूले हिंसा नचाहेको बताएको छ। 

नेपाली भू–भागमा अप्रत्यासित आफ्नो दावी पेश गरेको भारतले नेपालको सासंदले गरेको निर्णयलाई चिनियाँ उक्साहटमा भएको कदम भनिरहेको छ। तर, आफू भने चीनसँगको बिग्रिएको सम्बन्ध सुधारका लागि रुसको सहयोग मागिरहेको छ।

प्रकाशित मिति: : 2020-06-18 09:38:23

प्रतिकृया दिनुहोस्