नेपालसँग वार्ता गर्न अनिच्छुक, चीनसँग वार्ता गर्न रुस !

नेपाली भू–भागलाई आफ्नो नक्सामा गाभेर विवाद सिर्जना गरेको भारत आफ्नो पुरानो सैन्य दौंतरी रुसको मध्यस्ततामा चीनसँग अर्को साता त्रिपक्षीय वार्तामा बस्ने भएको छ। 

नेपालको पश्चिमी सीमामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुरालाई आफ्नो नक्सामा प्रकासित गरेर आलोचना खेपिरहेको भारतले अझैसम्म नेपालसँग वार्ताका लागि कुनै समय निर्धारण गरेको छैन। तर, नेपालभन्दा पछि सीमा विवादमा उत्रिएको चीनसँग भने मन्त्रीस्तरीय वार्ताका लागि भारत उद्धेलित देखिएको थियो। 

पाँच सातादेखि भारत–चीनको पूर्व लद्धाखमा रहेको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा दुई देशका सेनाबीच युद्धको स्थिति बनेपछि शान्तिका लागि रुसले पहल गर्न लागेको हो। रुसले यसअघि नै क्षेत्रीय स्थिरताका लागि दुई देशबीच रचनात्मक सम्बन्ध हुनु महत्वपूर्ण रहेको बताएको थियो। यसअघि विवादलाई सुल्झाउन दुई देशबीच राजनीतिक तथा सैन्य स्तरमा कुराकानी गरेपनि कुनै नतिजा निस्किएको थिएन। 

रुसको पहलमा सुरु हुने त्रिपक्षीय वार्ताका लागि विदेश मन्त्री एस जयशंकर मस्को जान लागेको विदेश मन्त्रालयको श्रोतलाई उधृत गर्दै भारतीय मिडियाले लेखेका छन्, ‘विदेश मन्त्री एस जयशंकर २२ जुनमा चीन र रुसको विदेश मन्त्रीसँग त्रिपक्षीय वार्तामा सहभागी हुनेछन्।’
कोरोना भाइरसको महामारीबाट जोगिने उपायको विषयमा कुरा हुने बताइए पनि बैठकको मुख्य उद्देश्य दुई देशबीच बढ्दो तनावलाई कम गर्ने उपाय निकाल्ने तर्फ निर्दिष्ट हुने जनाइएको छ।  

रुसका उप–मिशन प्रमुख रोमन बबुश्किनले यो महिनाको सुरुवातमा विवाद अन्त्यका लागि संवाद जरुरी भएको बताएका थिए। 

बैठकमा भारत, इरान, अफगानिस्तान र मध्य एसियालाई युरोपसँग जोड्ने ७ हजार २ सय किलोमिटर लामो अन्तर्राष्ट्रिय उत्तर–पश्चिम ट्रान्सपोर्ट कोरिडर ९आइएनएसटीसी० को कार्यान्वयनसहित यो क्षेत्रको प्रमुख ‘कनेक्टिभिटी’ परियोजनामा पनि सहमति बन्ने आशा गरिएको छ।

प्रकाशित मिति: : 2020-06-15 18:58:18

प्रतिकृया दिनुहोस्